ग्लोबल आइएमईको नयाँ शाखा विस्तार ओखलढुंगाको रमाइलो डाँडामा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत ११लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको हो ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैकिङ सेवा, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement