भारतीय सीमा क्षेत्रमा स्वतन्त्र युवा समूहको प्रदर्शन

Advertisement

विराटनगर । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालमा आन्दोलन चर्केको छ । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका स्वतन्त्र युवा समुहले भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन गरेका हुन् ।

भन्सार गेट अगाडि प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे । प्रदर्शन गर्ने युवाहरुले दार्चुला, ताप्लेजुङसम्म, कालापानी र लिपुलेकसम्मका ओगट्न खोजिएका नेपालका भुभागहरु फिर्ता गर्न माग गर्दै प्रदर्शन् गरेका छन् ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।

कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।

कालापानी, लिपुलेकको ६२ वर्गकिलोमिटर क्षेत्रफल छ। ३१० वर्गकिलोमिटर लिम्पयाधुरा क्षेत्रको कब्जा गरेको छ। कालापानीपछि सुस्ता क्षेत्र बढी समस्याग्रस्त छ। भारतले त्यहाँको १४ हजारभन्दा बढी हेक्टर जमिन मिचेको छ।

Advertisement

Advertisement

Advertisement