नेप्से घट्दा पनि व्यापार समूहमा भने उत्साहजनक वृद्धि

Advertisement

काठमाडौं । आज सेयर कारोबार गर्ने साताको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ०५ अंकले घटेर एक हजार १३१ दशमलव ९७ कायम भयो भने कारोबार रकम ३७ करोड ४१ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार ११ करोड २६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । जसको कारोबार पाँच करोड ६५ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ समूहका सुचकमा ६.१८ प्रतिशतको सुधार देखिएको छ । त्यसैगरी, निर्जीवन बीमा र म्युचल फण्डमा शुन्यभन्दा बढी प्रतिशतको सुधार देखिएको छ । यस्तै, माइक्रोफाइनान्स, जीवन बीमा बैंक, विकास बैंक, फाइनान्सलगायतका सबै समूहका सुचकमा शुन्यभन्दा धैरै प्रतिशतको गिरावट आएको छ भने होटल समूह एक प्रतिशतभन्दा धरैले ओरालो लागेको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट टैडिङ् कर्पोरेशनका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९६ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ५.१९ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement