दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार नबन्दा नेपाल र कुवेतबीचको खेल स्थगित

Advertisement

काठमाडौं । आसन्न विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको फुटबल खेल स्थगित गरिएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते दशरथ रंगशालामा खेल आयोजना गर्ने मिति तय गरे पनि रंगशालाको निर्माण कार्य नसकिने देखिएपछि एन्फाले बिहीबार स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जानकारी गराएका हो ।

यसअघि एन्फाले नै उक्त मितिमा खेल गर्न आफूहरु तयार रहेको भन्दै फिफा र एएफसीसँग खेल आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर रंगशाला अवलोकनका लागि आएका एएफसी प्रतिनिधिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला तयार नभएको निष्कर्ष निकालेपछि खेल स्थगित गर्न एन्फा बाध्य भएको हो ।

तोकिएको मितिसम्म एएफसीले भनेअनुसारको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउन संभव नभएपछि खेल स्थगित गरिएको हो । एन्फाका प्रवक्ता किरण राईले आफूहरुले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव गरेको जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement