दाङबाट १४ जना उम्मेदवारको मनोनयन दर्ता

Advertisement

दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट १२ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

घोराहीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १ बजेभित्र प्रवेश गरेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले दुई बजेसम्म उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रदेश सभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए।

उम्मेदवारी दर्ता गराउन केही राजनीतिक दल नारा लगाउँदै जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने केही दल भने प्रस्तावक र उम्मेदवार मात्रै लगेर गएका थिए।

नेपाल कम्युनिष्ट पार्टीले विमलाकुमारी खत्रीको नाममा उम्मदवारी दर्ता गराएको छ। खत्री तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती हुन्। नेपाली कांग्रेसले महासमिति सदस्य केशवराज शर्माको नाममा उम्मेदवारी दर्ता गराएको छ।

दाङमा राष्ट्रिय जनमुक्ति, नेमकिपा, राप्रपा संयुक्त, माले, समाजवादी पार्टी, राप्रपा, मंगोलिय पार्टी, साझा पार्टी, नेपाली कांग्रेस वीपी, नेपाल लोकतान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।

Advertisement

Advertisement

Advertisement