अनेरास्ववियूले शुक्रबार भारतीय दुताबास घेराउ गर्ने

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले शुक्रबार भारतीय दुताबास घेर्ने भएको छ । अनेरास्ववियूले शुक्रबार ११ बजेका लागि भारतीय दुताबास लैनचौर घेराउ गर्न लागेको नेता सुदेश पराजुलीले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि त्यसका विरुद्ध नेपालमा आन्दोलन चलिरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ति प्रकाशित गर्दै भारतीय नक्सा अस्विकार्य भएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ ।

उता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले पत्रकार सम्मेलन गरि कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दावी पुनः गरेका छन् । भारतले नेपालको भूभाग आफ्नो नक्सामा नसमेटेको दावी गरेको छ ।

सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले आफ्ना कार्यकतालाई दुताबास घेराउका लागि अनिवार्य उपस्थित हुन सर्कुलर समेत जारि गरेको छ । नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालमा गो ब्याक इण्डिया अभियान चलेको छ । देशैभर भारतीय विस्तारवादका विरुद्ध आन्दोलन चर्केको छ ।

Advertisement

Advertisement

Advertisement