व्यवसायी रुप ज्योति ठगीको आरोपमा पक्राउ

Advertisement

काठमाडौं । व्यवसायी रुप ज्योती पक्राउ परेका छन् । शाही कालमा मन्त्रीसमेत भएका उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

लामो समयदेखि लुकिछिपि हिँड्दै आएका ज्योतिविरुद्ध विजेन्द्रमान श्रेष्ठलगायतले पैसा लिएर हाउजिङको घर नदिई ठगी गरेको भन्दै उजुरी दिएका थिए । सोही आधारमा जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । तत्कालै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर पक्राउ पर्न उनी जोगिए पनि पछि सर्वोच्चले ज्योतिको विपक्षमा निर्णय गरेको थियो । त्यसपछि उनी प्रहरीबाट लुक्दै आएका थिए ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो सीआईबीको संयुक्त टोलीले ज्योतिलाई विमानस्थलमा ओर्लिनासाथ पक्राउ गरेको हो । उनी सिल्क एयरको विमानबाट साँझ करिव साढे ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका थिए । उनी आउँदै गरेको चाल पाएपछि प्रहरी पक्राउ गर्न विमानस्थल नै पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement