मलेसियामा एक नेपालीको ज्यान गयो

Advertisement

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

Advertisement

Advertisement

Advertisement