कतार एयरवेज र ईन्डिगोद्वारा कोडशेयर सम्झौतामा हस्ताक्षर

Advertisement

दोहा । कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।

पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर २०१९ देखि सञ्चालन हुने भएको छ । यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ ।

यो सम्झौता ‘संसारकै सर्वश्रेष्ठ एयरलाइन’ र ‘न्यून लागतको सर्वश्रेष्ठ भारतीय एयरलाइन’ बीचको सम्बन्ध मजबुत बनाउने पहिलो कदम हो ।

Advertisement

Advertisement

Advertisement