भारतको गलत नक्साबारे गैरआवासीय नेपाली संघले पनि बोल्यो, विश्वभरका नेपालीलाई एक हुन आव्हान

Advertisement

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आलोचना गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी यस विषयले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको बताएका छन् । उनले दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट नेपालको भूभागसमेत भागेर नक्सा सार्वजनिक गर्ने भारतको कदमको भत्सर्ना गर्दछौँ भनेका छन् ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने भन्दै संघले अन्तर्राष्ट्रिय सीमाना रक्षाको लागि गैरआवासीय नेपालीहरु साथमा रहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement