व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

Advertisement

काठमाडौं । व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

विदेशबाट आउँदाआउँदै बिहीबार विमानस्थलमा पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले समय दिएको हो । रुप ज्योति पूर्वअर्थसहायकमन्त्री पनि हुन् ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा मुद्दा परेपछि अदालतले पक्राउ गर्न आदेश दिएपछि उनीहरु प्रहरीबाट लुक्दै आएका थिए । पक्राउ परेका उनीहरुलाई प्रहरीले सात दिनको म्याद माग गर्दै जिल्ला अदालत काठमाडौं लगेको थियो।

Advertisement

Advertisement

Advertisement