अयोध्यामा हिन्दुहरुको स्वामित्व स्थापित, मुस्लिमहरु रुष्ट

Advertisement

काठमाडौं । हिन्दु र मुस्लिमहरुले आ आफ्नो दावी गर्दै आएको अयोध्यामा अन्ततः हिन्दुहरुको स्वामित्व स्थापित भएको छ । भारतको सर्वाेच्च अदालतले अध्योध्यालाई भगवान रामको जन्मभूमिको मान्यता दिँदै हिन्दु अधिपत्य स्थापित गरिदिएको हो ।

अध्योध्यामा राम मन्दिर की बाबरी मस्जिद भन्दै हिन्दु र मुस्लिम समुदायबीच बिवाद थियो । न्यायधिश रञ्जन गोर्गोइसहित पाँच जनाको विस्तृत इजलासले ४० दिनसम्म सुनुवाई गर्ने त्यस्तो फैसला गरेको हो ।

अदालतको फैसलासँग अध्योध्यामा हिन्दुहरु उत्साहित भएका छन् भने मुस्लिमहरु रुष्ट बनेका छन् । अदालतको फैसलासँगै उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा स्कुल तथा कलेजहरु बन्द गरिएका छन् ।

अदालतले मुस्स्लिमहरुलाई मस्जिद निर्माणका लागि अन्यत्र जग्गा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । त्यस्तै, आगामी ३ महिनाभित्र अयोध्या सम्बन्धी विस्तृत गुरुयोजना बनाउन पनि भनेको छ ।

Advertisement

Advertisement

Advertisement