नेपाल भारत सीमा विवाद चर्किएको बेला प्रधानमन्त्रीका सबै सहयोगीहरुको अर्थपूर्ण निष्काशन

Advertisement

काठमाडौं । नेपाल भारतबीच सीमा विवाद चर्किएको बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका सबैलाई राजीनामा दिन निर्देशन दिएका छन् । भारतसँग तनाव बढेको बेला आफ्ना सहयोगीहरुलाई किन ओलीले हटाउन खोजे ? निकै अर्थपूर्ण देखिन्छ ।

प्रधानमन्त्रीको निर्देशनसँगै मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिँदैछन् । उनीहरुले मंसिरबाट लागू हुनेगरी कामबाट बिदा लिनेछन् ।

Advertisement

Advertisement

Advertisement