सिटिजन्स बैंकको ८५औं शाखा काठमाडौंको कमलादीमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिङ कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिङ कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिङ सेवा दिंदै आएको छ । यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम। र १०२ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement