ठगी र किर्तेमा मुछिएका प्रदेश राज्यमन्त्रीले दिए राजीनामा

Advertisement

काठमाडौं । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। आर्थिक अनियमितता आरोपमा रावलविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दर्ता भएको छ। उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन सुरू गरेको छ।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनीविरूद्ध जनज्योति एजुकेशनल फाउन्डेशनको सेयर रकम करिब १६ करोड रूपियाँ ठगी गरेको आरोप छ।

Advertisement

Advertisement

Advertisement