व्यवसायी रुप ज्योतिको रिहाई गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन (फोटोहरु हेर्नुहोस्)

Advertisement

काठमाडौं । ठगी आरोपमा प्रहरीले पक्राउ गरेका व्यवसायी रुप ज्योतिको रिहाईको माग गर्दै आइतबार माइतीघर मण्डलामा एउटा समूहले प्रदर्शन गर्यो ।

जिल्ला अदालतमा ज्योतिको विषयमा बहस भइरहेको बेला उनको रिहाईको माग गर्दै प्रर्दशन भएको हो । हाउजिङ बिक्री गर्न भन्दै अग्रिम रकम लिएका ज्योतिले भनेअनुसार हाउजिङ दिन नसकेपछि रकम दिने पक्षले उनीविरुद्ध ठगी गरेको भन्दै उजुरी दिएको थियो ।

उदाय समाज असन नामक स्थानीय समुदायको एक संस्थाको व्यानमा सहभागी भएकाहरुले समाजसेवी एवं उद्योगपति रुप ज्योतिलाई प्रतिशोधपूर्ण तरिकाले बदनाम गर्न पक्राउ गरिएको भन्दै रिहाईको माग गर्यो ।

उनीहरुले राज्यले भेदभाव पूर्ण नियतले रुप ज्योतीलाई फसाउन खोजेको भन्दै आफूहरुको आवाज नसुनिए सशक्तरुपमा विरोध प्रदर्शन गर्ने चेतावनी दिए । तस्विरहरुः द्धारिका काफ्ले



[caption id="attachment_149197" align="alignnone" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement