निजी उद्योगजसरी बैंक वित्तीय संस्था चलाए कारवाही गर्छुुः गर्भनर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले निजी उद्योग चलाएजसरी बैंक वित्तीय संस्था चलाए कारवाही गर्ने चेतावनी दिएका छन् । सोमबार संवृद्धि फाइनान्स कम्पनीको उद्घाटन कार्यक्रममा उनले मुलुकको आर्थिक विकासमा केन्द्रीत नहुने र नाफाका लागि निजी उद्योगजसरी चल्ने उद्योगहरुलाई कारवाही गर्न आफू बाध्य हुने बताएका हुन् ।

जनताको पैसा उठाएर सञ्चालन हुने उद्योगहरु निजी नहुने भन्दै गर्भनर नेपाललले यस्ता संस्थाले प्राइभेट कम्पनीले जसरी काम गर्न नहुने बताए । उनले आफूले संकलन गरेको निक्षेपलाई मुलुकको संवृद्धिमा लगाउन सल्लाह दिए । गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्थालाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको बताउँदै बैंक वित्तिय संस्थाहरु संसारमा कहीँ पनि निजी नहुने र नाफामुलक नभई सेवामूलक भएर काम गर्नुपर्ने बताए ।

उनले राष्ट्र बैंकको नीति, निर्देशनको पालना गर्न सबै बैंक वित्तीय संस्थालाई निर्देशन पनि दिए । जनताको पैसा डुब्न नदिन राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी गरिएको गर्भनर नेपालले बताए ।

Advertisement

Advertisement

Advertisement