काठमाडौंमा ‘इम्प्याक्ट विक कार्यशाला’ आजदेखि संचालनमा

Advertisement

काठमाडौं । उद्यमशिलता र नविनतामा आधारित गैर–नाफामुखी कार्यक्रम इम्प्याक्ट विक कार्यशाला आज सोमबारदेखि काठमाडौंमा संचालनमा आएको छ । लुप्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौंको सहकार्यमा आयोजना भएको यस आठ दिने कार्यशाला दुई चरणमा संचालित हुनेछन्, जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुप्थान्सा एअरलाइन्स ग्रुपका सात जना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा याकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्की’विधिबारे प्रशिक्षण दिनेछन् ।

भने दोस्रो चरणमा ति प्रशिक्षण प्राप्त गर्ने १८ जना नेपाली शिक्षक तथा याकल्टी सदस्यहरुले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमीका अन्य १२० जना विद्यार्थी तथा प्रोफेसनलहरुलाई ‘डिजाइन थिङ्की’ विधिको प्रयोगद्धारा स्थानीयतथा राष्ट्रिय स्तरमा जल्दाबल्दा चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्नेबारे तालिम प्रदान गर्नेछन् ।

यस कार्यशालाको अन्त्यमा सबै १८ जना विद्यार्थी तथा प्रोफेसनलहरुले कृषि, पर्यटन, यातायात, कलातथा संस्कृती र स्वास्थ्य तथा शिक्षा गरी छवटा क्षेत्रहरुसँग सम्बन्धित दिइएको समस्याहरुको समाधानको लागि ‘डिजाइन थिङ्की’ विधिको प्रयोगद्धारा नविन उपायहरु प्रस्तुत गर्नेछन् ।

यसरी प्रस्ताव गरिने उपायहरुमध्ये तीनवटा उत्कृष्ट उपायहरु कार्यान्वयनको लागि उपहार स्वरुप आर्थिक सहायता प्रदान गरिनेछ । लुप्थान्सा ग्रुपको सामाजिक सहायतानिकाय – हेल्पअलायन्स – र नेपालस्थित जर्मनी दूतावासका साथै विभिन्न यूरोपेली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनीधिहरु यस अन्तराष्ट्रिय कार्यशालाका लागि काठमाडांैमा भेला भएका छन् ।

प्रमुख आयोजक अमन भट्टराई र टिलो हिल्मर तथा प्रमुख प्रशिक्षक ड्यानी टोकिचका अलावा लुप्थान्सा ग्रुपका स्वयंसेवकको समूहहरुद्धारा यस इम्प्याक्ट विक कार्यशाला संचालन हुनेछ ।

कार्यशाला आयोजक कलेजका अनुसार उल्लेखित छवटा क्षेत्रहरुसँग सम्बन्धित समस्याको नविन उपायहरु सो क्षेत्रसँग सम्बन्धित निम्न संस्थाहरु–इको हिमाल नेपाल, नेपालपर्यटन बोर्ड, टुटल, काठमाडौं शहर योजना आयोग, हस्पिटल फर एडभाण्सड् मेडिसीन एण्ड सर्जरी र किङस् कलेज – ले अनुगमन तथा परिक्षण गर्नेछन् ।

कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपालका लागि जर्मन राजदूत रोनाण्ड स्काफरले यस कार्यशालाले नेपालको प्रमुख औधोगीक तथा सेवा क्षेत्रहरुको विद्यमान समस्या समाधानका लागि नविन सोच तथा‘डिजाइन थिङ्की’ विधिको प्रयोगलाई स्थापित गराउने विश्वास ब्यक्त गरे ।

‘यसले नेपाली ब्यवसायमा पनि नविनता, सर्वोपरी विकास तथा प्रविधीमा बढावा लगायतलाई प्रोत्साहित गर्नेछ,’ उनले भने । आयोजकले यस कार्यशालाले सहभागीहरुलाई काठमाडांै तथा यूरोपबाट आएका समान सोच भए मानिसहरुसँग समूहमा रहेर समाधानको विकास गर्न, विज्ञ तथा एक अर्काबाट सिक्न र आफ्नो समुदायतथा राष्ट्रको लागि आवश्यक नविन तथा सकारात्मक प्रभावको श्रृजना गर्न सघाउने बतायो ।

‘नेपालको आर्थिक तथा सामाजिक विकासको लागि ज्ञान र शिप अत्यावशेक तत्वहरु हुन् । लुप्थान्सा ग्रुपका विश्वब्यापी नविनताका क्षेत्रमा काम गर्ने विज्ञहरुलाई उनीहरुको शिप र विधिसहित नेपालमा स्वागत गर्न पाउँदा म निकै हर्षित छु,’ लुप्थान्सा अन्तर्गतको जेरो जि र कार्यशालाको प्रमुख आयोजक अमन भट्टराईले भने, ‘यस पृथक सहकार्यले नेपाली यूवाहरुमाझ ग्राहक केन्द्रित नविन सामाजिक विकासको विधिहरुलाई प्रयोग गर्न हौैसला दिनेछ ।’

काठमाडौं महानगरपालीका शहरी विकास आयोजनाका उपाध्यक्ष सरोज बस्नेतले लुप्थान्सा जस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउनु आफैमागर्वको कुरा रहेको भन्दै यस कार्यशालाले सहभागीहरुलाई नविनताको यात्रातर्फ अग्रसर गराउन र ग्राहक केन्द्रित नविन सामाजिकविकासको विधिहरु अवलम्बन गर्न प्रेरित गर्ने बताए ।

भने इको हिमालका प्रबन्ध निर्देशक नारायण ढकालले कार्यशालामा समस्या समाधानका लागि रोजिएका सबै छवटा क्षेत्रहरु नेपालको सामाजिक आर्थिक विकासको लागि अत्यावशेक क्षेत्रहरु भएको भन्दै कार्यशाला पश्चात सो क्षेत्रहरुमा बृहत सकारात्मक विकास एवं प्रभाव देखिने दाबी गरे ।

कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले यस कार्यशालाले प्रबद्र्धन गरेको ‘डिजाइन थिङ्की’विधिले स्थानीय विद्यार्थी तथा यूवाउद्यमीहरु माझ आफ्नो ब्यवसाय स्थापनाका लागि आफ्नै नविन सोच, समस्याको समग्र समाधान तथा ब्यवसायको दिगो विकासको लागि पहल गर्न सक्षम गराउने जनाए ।

केन्याबाट सन् २०१५ मा सुरु भएको यस अवार्ड ‘विनी’ जर्मन कार्यक्रम विश्वका धेरै उदयमान अर्थतन्त्रहरु सफलरुपमा संचालन भैसकेकोछ । यस वर्ष यस कार्यशाला नेपालको अलावाजोर्डन, भारत र घानामा आयोजना हुनेछ ।

Advertisement

Advertisement

Advertisement