एनसेलका पहिलो १४ ‘सुपर सेलर’हरु पुरस्कृत

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुरका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कृत गरेको छ ।

खुद्रा विक्रेताहरुलाई सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन प्रदान गरियो । रिजन डेरी (बसपार्क), ओम साईराम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एमके स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजनाअन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् ।

यी पिओएस÷खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समूहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् ।

सिल्भर समूहअन्तर्गत चार खुद्रा बिक्रेताहरु राना स्टोर (मिलन टोल), एनबीटी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल)ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी)ले १—१ थान ल्यापटप जित्न सफल भएका छन् । यसै समूहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु)ले वासिङ मेसिन जितेका छन् ।

पुरस्कृत खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ, क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा सोमबार पुरस्कार हस्तान्तरण गरे ।

एनसेलले यसै योजनाअन्तर्गत पुरस्कृत हुन योग्य देशभरीका अन्य खुद्रा बिक्रेताहरुलाई पनि क्रमसः पुरस्कृत गर्ने जनाएको छ । एनसेलको यस योजनाले खुद्रा बिक्रेताहरुलाई उत्साह प्रदान गरेको जनाएको छ ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत बर्ष चैत १ देखि लागू गरेको थियो । यो योजना पुस २०७६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एकमा आफूलाई सहभागी गराई कार, युरोप टुर प्याकेज र आइफोन जस्ता उपहार जित्न सक्नेछन् ।

बम्पर उपहारबाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्गमशिन र ल्यापटप लगायतका उपहार जित्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement