युनियन लाइफको साधारण सभा पुस ४ गते, ६० करोड ५० लाखको आइपीओ

Advertisement

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो बार्षिक साधारण सभा पुस ४ गते डाकेको छ । युनियन लाइफ सञ्चालक समितिको कात्तिक२४ गते बसेको ४१ औं सञ्चालक समिति बैठकले पुस ४ गते रुपन्देहीको सिद्धार्थ नगरमा दोश्रो साधारण सभा गर्ने निर्णय गरेको हो ।

युनियनले चालु आर्थिक वर्षभित्रै ६० करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने तयारी गरेको छ । पहिलो साधारण सभाबाटै आइपीओ निष्काशन गर्ने निर्णय गरेको युनियनको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

नयाँ बीमा कम्पनीहरुमा आइपीओ जारी गर्ने पहिलो कम्पनी बन्ने योजनामा रहेको युनियनले बजार विस्तारलाई पनि आक्रामक बनाईरहेको छ ।

Advertisement

Advertisement

Advertisement