एभरेष्ट इन्स्योरेन्सको छलाङः ३३९ प्रतिशतले बढ्यो नाफा

Advertisement

कठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा ३३९.१३ प्रतिशतले बढेको छ । २०७५ असोज मसान्तमा ४६ लाख नाफा कमाएको कम्पनीले २०७६ असोज मसान्तमा २ करोड २ लाख पुर्याएको हो । जुन अघिल्लो असोजको भन्दा ३३९.१३ प्रतिशतले बढी हुन आउँछ ।

एभरेष्टले पहिलो त्रैमासिक अवधीमा २५ करोड ७१ लख बीमा शुल्क आर्जन गरेको छ । २०७५ असोजमा त्यस्तो बीमा शुल्क जम्मा २० करोड ७१ लाख रुपैयाँ थियो ।

कम्पनीले २५ हजार ८ सय ५७ वटा बीमालेख जारी गरेर सो मात्रामा बीमा शुल्क आर्जन गरेको हो । यो अवधीमा कम्पनीले ९ सय ३७ वटा बीमा दावी वापत १० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

एक अर्ब ९ करोड चुक्ता पुँजी भएको कम्पनीको बीमा कोषमा २३ करोड ७३ लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड १२ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रति सेयर आम्दानी ७.३८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.४७ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement