ग्लोबल आइएमई बैंकको नयाँ शाखा बन्दीपुरमा, कुल शाखा संख्या १५० पुग्यो

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं। २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement