व्यापारीहरुको राजश्वसचिवसँग गुनासो– हाम्रो सिस्टम साह्रै झन्झटिलो भयो, सुधार गरियोस्

Advertisement

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानालाई भेटी भन्सार र कर क्षेत्रका आफूहरुले भोग्दै आएको समस्याबारे ध्यानाकर्षण गराएको छ ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार सचिव ढुंगानालाई भेटी सरकारलाई राजस्वसम्बन्धी राय, सुझाव दिन गठन हुने स्थायी राजस्व बोर्डमा संघको अनिवार्य प्रतिनिधित्व गराउन माग गपनि गर्यो ।

भेटमा व्यवसायीले हार्मोनिक कोड नम्बर, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस), अधिकतम खुद्रा मूल्य र सन्दर्भ मूल्यले व्यापारमा सिर्जना गरेका समस्याबारे ढुंगानाको ध्यानाकर्षण गराए । हार्मोनिक कोड नम्बरलाई १० डिजिट गर्न पनि उनीहरुको आग्रह छ ।

विश्वविख्यात ब्रान्डसँग मिल्दोजुल्दो आवरणमा सामान आयात गरी कारोबार गर्ने परिपाटी नरोकिँदा एकातिर राजस्व चुहावट भइरहेको र अर्कोतिर सक्कली माल–बस्तुको कारोबार गर्ने व्यवसायीलाई अप्ठेरो परेकाले त्यसलाई रोक्न भन्सारले आवश्यक कदम चाल्नुपर्ने व्यवसायीको माग थियो ।

जवाफमा सचिव ढुंगानाले नक्कली सामान चिनाउन व्यवसायीले सहयोग गरे भन्सारले त्यस्ता सामानको आयात रोक्न सक्ने भन्दै यसमा सहयोग गर्न आग्रह गरे । यस विषयमा सरोकारावाला व्यवसायी र भन्सार अधिकारी एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने उनको सुझाव थियो । एडभान्स रुलिङको हकमा कार्यविधि बनाउन निर्देशन दिइसकेको ढुंगानाले बताए ।

Advertisement

Advertisement

Advertisement