कृषि विकास बैंकको नाफा ६० करोड, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६० करोड नाफा कमाएको छ । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७६ असोज मसान्त अवधीमा ६० करोड ७४ लाख नाफा आर्जन गरेको हो ।

यो नाफा बैंकले गत आर्थिक वर्षको सोही अवधीमा आर्जन गरेको भन्दा ५ करोड ५९ लाखले बढी हो । २०७५ असोज मसान्त अवधीमा बैंकले ५५ करोड १४ लाख नाफा आर्जन गरेको थियो ।

बैंकले चालु आवको पहिलो त्रैमासिकमा वितरण योग्य नाफा भने २६ करोड १७ लाख पुर्याएको छ । यो अवधीमा बैंकले असोज मसान्तसम्ममा १ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ११ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो भने ७१.४२ प्रतिशत कायम छ । अर्थात कृषि विकास बैंक अझै केहि अर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा रहेको छ ।

१४ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
कृषि विकास बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत छ भने स्प्रेड दर ५.२६ प्रतिशत कायम छ । बैंकको कस्ट अफ फण्ड भने ७.३४ प्रतिशत छ ।
बैंकको प्रति सेयर आम्दानी २३.३३ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement