नेपाल लाइफको नाफा बाणिज्य बैंककै हाराहारीमा, ३ महिनामै कमायो २० करोड

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै २० करोड ४४ लाख नाफा आर्जन गरेको छ । यो नाफा बाणिज्य बैंकहरुले आर्जन गरेको पहिलो त्रैमासिकको औषत मुनाफाकै हाराहारीमा हुन आउँछ ।

नेपाल लाइफले हालसम्म ९९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरिसकेको छ । कम्पनीले चालु आवको असोज मसान्त अवधीमा मात्रै ७ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नेपाल लाइफको जीबन बीमा कोषमा ७२ अर्ब ३३ करोड रुपैयाँ जम्मा भएको छ भने जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीका १२ लाख ३९ हजार २ सय ४८ वटा बीमालेख जारी भएका छन् । कम्पनीले असोज मसान्त अवधीमा मात्रै १ अर्ब ८१ करोड ८६ लाख हजार रुपैयाँ बराबरको ११ हजार एक सय ६५ वटा दावी भुक्तानी गरिसकेको छ ।

कम्पनीले प्रति हजार ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । ५ अर्ब ४९ करोड चुक्ता पुँजी भएको कम्पनीको प्रति सेयर आम्दानी १४.८८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५६.६८ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement