काम नगर्ने ठेकेदार (प्रचण्डका घरवेटी)लाई दबाब दिने भक्तपुरवासीको नयाँ शैली

Advertisement

भक्तपुर । काम नगर्ने ठेकेदारलाई दबाब दिन भक्तपुरवासीले नयाँ शैली अपनाएका छन् । कमलविनायक–नगरकोट सडक निर्माण बर्षौंदेखि अलपत्र पारिएपछि उनीहरुले सार्वजनिक ठाउँमा ठेकेदारको तस्विरसहितको पम्प्लेट टाँस्दै काम छिटो गर्न दबाब दिएका हुन् ।

कुल १६ किलोमिटरको उक्त सडक खण्ड निर्माणको जिम्मा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत रहेका शारदा अधिकारीको कम्पनीले पाएको थियो । झण्डै चार बर्षअघि सम्पन्न हुनुपर्ने उक्त सडक समयमा नबन्दा पर्यटकीय केन्द्र नगरकोटमा पर्यटकको संख्या ह्वात्तै घटेको छ भने सडक किनारका बासिन्दा धुलो र हिलोबाट आजित हुँदै आएका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइ भएको यस विरोध कार्यक्रममा अधिकारीको तस्विर अंकित कालो पोष्टरमा माथिपट्टि जनावरको तस्विरसमेत सार्वजनिक ठाउँ र सार्वजनिक यातायातमा टाँसिएको छ । समितिका पदाधिकारीहरुले पटक पटक आग्रह गर्दा पनि काम नभएपछि बाध्य भएर विरोधको नयाँ शैली अपनाउनु परेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement