काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ११ वटा बाणिज्य बैंकहरुले एक अर्ब ७२ करोड ९९ लाख २८ हजार आयकर तिरेका छन् । हालसम्म पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका ११ वटा बाणिज्य बैंकहरुले सो मात्रामा आयकर बुझाएका हुन् । बैंकहरुको आम्दानीमा ३० प्रतिशत आयकर लाग्दै आएको छ ।
हालसम्म ग्लोबल आईएमई, प्राइम, प्रभु बैंक, सानिमा, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, जनता, सिटिजन्स र नेपाल बैंकले पहिलो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।
यी बैंकरुहरु मध्ये सबै भन्दा धेरै आयकर ग्लोबल आईएमई बैंकले बुझाएको छ । उसले २८ करोड ९६ लाख ३१ हजार रुपैयाँ आयकर तिरेको छ । यो बैंकले असोज मसान्त अवधीमा जम्मा
प्राइम बैंकले २८ करोड २७ लाख ५८ हजार रुपैयाँ आयकर तिरेको छ ।
प्रभु बैंकले २६ करोड २५ लाख ४७ हजार कर तिरेको छ । सानिमा बैंकले २४ करोड ११ लाख ६९ हजार आयकर तिरेको छ । कृषि विकास बैंकले २२ करोड ४६ लाख ३४ हजार तिरेको छ । सिद्धार्थ बैंकले २२ करोड ३४ लाख ७४ हजार आयकर तिरेको छ ।
सनराइज बैंकले १९ करोड ४७ लाख २९ हजार आयकर तिरेको छ । लक्ष्मी बैंकले १७ करोड २२ लाख ६३ हजार आयकर तिरेको छ । जनता बैंकले १५ करोड ७२ लाख ५२ हजार आयकर तिरेको छ । उता सिटिजन्स बैंकले भने १४ करोड ९६ लाख ४४ हजार आयकर तिरेको छ । नेपाल बैंकले १० करोड ४१ लख १७ हजार आयकर तिरेको छ ।
११ बैंकले ३ महिनामै कमाए २ अर्ब ११ करोड
११ वटा बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकमा २ अर्ब ११ करोड १७ लाख ८ हजार नाफा आर्जन गरेका छन् । सबै भन्दा धेरै वितरण योग्य नाफा गर्ने बैंकमा ग्लोबल आइएमई परेको छ । उसले २८ करोड ११ लाख ७४ हजार वितरण योग्य नाफा आर्जन गरेको छ । सानिमा बैंकले २७ करोड ५४ लाख ४१ हजार वितरण योग्य नाफा आर्जन गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकले २६ करोड १७ लाख ९५ हजार, प्राइम बैंकले २२ करोड ८८ लाख ४४ हजार, सिटिजन्स बैंकले २१ करोड ६ लाख ६५ हजार, लक्ष्मी बैंकले १९ करोड ९० लाख ६७ हजार, सिद्धार्थ बैंकले १८ करोड ९८ लाख ३१ हजार, जनता बैंकले १८ करोड ५३ लाख ९९ हजार, सनराइज बैंकले १५ करोड ८३ लाख ६३ हजार, नेपाल बैंकले ६ करोड ५६ लाख ६५ हजार र प्रभु बैंकले ५ करोड ५७ लाख ६३ हजार वितरण योग्य नाफा आर्जन गरेका छन् ।