बैंकिङ पहुँच नपुगेको स्थानीय तहमा पुसभित्र पुग्नैपर्छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ पहुँच पुग्न बाँकी स्थानीय तहमा पुसभित्र कुनै न कुनैरुपमा पहुँच पुर्याउनुपर्ने बताएका छन् । कामना सेवा विकास बैंकको कार्यक्रममा उनले बैंकहरुको शाखा पुग्न बाँकी स्थानीय तहमा शाखा पुर्याउन आफूले राष्ट्र बैंकलाई भनिसकेको बताए ।

बैंकले आफ्नो १३औं बार्षिकोत्सवको अवसरमा नयाँ कार्यालय भवन र नयाँ शाखाहरुको विद्युतीय माध्यमबाट उद्घाटन गरेको थियो । मन्त्री खतिवडाले यति धेरै शाखा सञ्जालसहित कारोबार अघि बढाउन लागेकोमा कामना सेवालाई बधाई दिँदै नाम जस्तो छ, काम पनि त्यस्तै होस् भनी शुभकामना पनि दिए । बैंकको नामले मात्रै राम्रो हुँदैन, कामले पनि राम्रो हुनुपर्छ भनी खतिवडाले चुनौति पनि दिए ।

मन्त्री खतिवडाले आफूले जाखिर खाएको बर्ष करिव अढाई सय बैंकका शाखाहरु रहेकोमा आधा जति घाटामा हुने गरेको र त्यतिबेला करिव एक करोड ६० लाख जनसंख्या रहेको रहेकाले ७० हजार मानिसको भागमा एउटा बैंक शाखा पर्ने गरेको बताउँदै तर आज तीन हजार तीन सय मानिसका लागि एउटा बैंक शाखा पुग्ने अवस्था आएको बताए ।

उनले अधिकांश मानिसहरु आधा घण्टा हिँडेर बैंकसम्म पुग्ने अवस्था बनेको र करिव ८० प्रतिशत मानिसको बैंकको खाता भइसकेको अनुमान गर्दै अधिकांश मानिसको बैंक खातासँगै धेरैको पहुँच मोवाइल बैंकिङमा भइसकेकोले यो बैंकिङ क्षेत्रमा ठूलो फड्को भएको बताए ।

स्मार्ट बैंकिङका कारण बैंकहरुको लागत घटाउन धेरै सहयोग पुग्नेको बताउँदै खतिवडाले पहिलो ग्राहकभन्दा धेरै कर्मचारी हुने शाखामा अब २–४ जना कर्मचारको भरमा नै शाखा सञ्चालन हुनसक्ने अवस्था आएको बताए ।

अहिले स्थानीय तहले कम्तिमा साढे छ करोड रुपियाँ बजेट परिचालन गर्नसक्ने अवस्था बनेको बताउँदै उनले स्थानीय तहमा शाखा विस्तारसँगै स्थानीय तहमा जाने ठूलो रकम निक्षेपको रुपमा लिन सक्ने बताए । यति राम्रो अवसर हुँदा पनि स्थानीय तहमा बैंकहरु जान आनाकानी गर्नु ठिक नभएको खतिवडाको तर्क छ ।

Advertisement

Advertisement

Advertisement