सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७१ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सय रुपियाँले बढेर प्रतितोला ७२ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३५ रुपियाँ ५० कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement