नुवाकोटमा रगतको अभाव न्यून गर्न लायन्स क्लवको आयोजना रक्तदान

Advertisement

काठमाडौं । नुवाकोटमा रगतको अभाव न्यूनीकरणको लागि बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन ।

लायन्स क्लब अफ नुवाकोट क्यापिटल, दारी ग्याङ्ग नुवाकोट र समृद्ध नुवाकोटको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा रगतको अभाव हुन नदिनु भएको आयोजकले जनाएको छ ।

रगतको मागलाई बुझेर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कार्यक्रम संयोजक सुवाश श्रेष्ठले बताए । रगतको अभावले बिरामीलाई समस्या नहोस् भनेर यस्ता कार्यक्रमहरु नियमित आयोजना गरिने जानकारी लायन्स क्लव अफ नुवाकोट क्यापिटलका संस्थापक अध्यक्ष सविनराज भण्डारीले बताए । संसारमै मानवीय सेवा र सामाजिक क्रियाकलापमा लायन्स क्लवको भूमिका अब्बल मानिन्छ ।

Advertisement

Advertisement

Advertisement