आज मधुमेह दिवस, अल्का अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं। अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो।

शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो ।

शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो ।

मधुमेह कसरी थाहा पाउने ? (वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार)
– खाना रुचेर पनि तौल घटदै जाने ।
– पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
– मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।
– भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।
– कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।
– खुट्टाहरु पोल्ने ।
– पिसावमा कमिलाहरु देखिने ।
– घाउहरु छिटो निको नहुने ।

कसरी बच्ने ?
– हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने ।
– मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने ।
– सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
– व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।
– दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।

Advertisement

Advertisement

Advertisement