बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा जलविहार गर्दै रमाए

Advertisement

पोखरा । चार दिने सदभावना भ्रमणका लागि नेपाल आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आएका छन् । पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ बिहीबार पोखरा आएका हमिद रमणीय फेवातालमा जलबिहारमा केही समय बिताए ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट आएका हमिदलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङलगायतले स्वागत गरेका थिए । पोखरामा उनलाई पञ्चेबाजाको धुनमा पञ्चकन्याले पूmल दिएर स्वागत गरेका थिए ।

स्वागतपछि उनी पोखराको फेवातालमा जलविहारमा गएका थिए । नेपाल प्रहरीको बोटमा चढेर राष्ट्रपति हमिद र उनकी धर्मपत्नी सवार हुँदा संभावित दुर्घटनालाई दृष्टिगत गर्दै पौडी खेल्नसक्ने सेनाको टोली पनि सँगसँगै परिचालित भएको थियो ।

Advertisement

Advertisement

Advertisement