मल्लले जाहेरी फिर्ता लिए, रुप ज्योति छुट्नसक्ने

Advertisement

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका ज्योति समूहका व्यवसायी रुप ज्योतिलाई हिरासतमुक्त हुने भएका छन् । उनीविरुद्ध जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिन तयार भएपछि रुप ज्योतिविरुद्धको मुद्दा टुँगिने भएको हो ।

घरजग्गा बैनावापत मल्लसँग लिएको पैसा फिर्ता गर्न रुप ज्योति तयार भएपछि मुद्दा नचल्नेगरी मल्लाले जाहेरी फिर्ता लिन तयार भएका हुन् । यद्यपि मल्ललाई यसअघि बैनावापतको रकम र त्यसमा बैंकले दिने ब्याजसमेत दिन रुप ज्योति तयार हुँदा पनि मल्लले आफूलाई कि घरजग्गा नै दिनुपर्ने नभए झण्डै एक दशक अघि जग्गामा लगानी गर्दा बढ्ने मूल्यअनुसारको रकम दिनुपर्ने शर्त राखेका थिए । त्यसरी रकम दिन तयार नभएपछि मल्लले रुप ज्योतिविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

यद्यपि अहिले मल्ला बैनावापतको रकम मात्रै फिर्ता लिएर जाहेरी फिर्ता लिन सहमत भएको भनिएको छ । मल्लले दुवै पक्षबीच मिलापत्र गरेर प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । यद्यपि अदालतमा विचाराधिन मुद्दा भएकाले मुद्दा फिर्ता हुने नहुने अहिले नै निश्चित भने भइसकेको छैन् ।

मल्लले ल्यान्डमार्क डेभलपर्स कम्पनीले बनाएर बेच्ने भनेको घर किन्न एक करोड ३६ लाख रुपियाँ बैना गरे पनि बैनाअनुसार घरजग्गा नपाएपछि कानुनी प्रक्रियामा गएका हुन । उनले किन्ने भनेको जग्गा रुप ज्योतिको नाममा रहेको छ ।

Advertisement

Advertisement

Advertisement