आयल निगम भन्छ– ग्यास अभाव छैन, बेकारको हल्ला चलाईयो

Advertisement

काठमाडौं । पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई छैन भन्दै धमाधम फर्काइरहेका छन् । ग्यास सर्टेज हुने हल्लाले व्यवसयीले ग्याँस लुकाउन थालेको ग्राहकले आरोप लगाएका छन् ।

तर, नेपाल आयल निगमका अनुसार ग्यास अभावको हल्ला बेकारको हो । ग्यास आयातमा कुनै पनि समस्या नभएको र ग्राहकको माग अनुसार नै भित्र्याईएको निगमको दाबी छ ।

निगमको अनुसार भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको भने हो । तर, पसलमा गएको ग्राहकलाई फर्काउन पर्नेगरी अभाव भने भएको छैन ।

सरसफाइका लागि बरौनी बन्द भएकाले केही दिन नआउँदैमा नेपालमा अभाव नहुने मथुराबाट ग्यास ल्याईएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement