निजामती कर्मचारीको अवकासको उमेरहद ६० वर्ष पुर्याउने संसदीय समितिको निर्णय

Advertisement

काठमाडौं । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याइने भएको छ । संसदको राज्य व्यवस्था समितिले सम्बन्धित पक्षसँग छलफलपछि उमेरहद बढाउने गरी कानुन निर्माण गर्ने निर्णय गरेको हो ।

कानुनमै परिमार्जन गरी निजामती तर्फका कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्याउने निश्चित भएपछि यसको प्रशासन क्षेत्रमा दुरगामी असर पर्नेछ । यसअघि ६० वर्ष उमेरहद बनाउने पहलबारे पक्ष विपक्षमा बहस भएको थियो ।

नेपालीहरुको औषत आयु बढेको र अन्य देशको अभ्यास समेतलाई दृष्टिगत गरी राज्य व्यवस्था समितिले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत सांसदहरुसँग वृहत छलफल गरेपछि कानुन निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । उमेरहद बढाउँदा कानुन बन्ने भएपनि यसलाई २०७८ सालदेखि मात्र लागू गरिने सहमति बनेको छ ।

उमेरहद बढाउँदा निजामतीतर्फ नयाँ भर्नामा जाम भएर युवाहरुले दुई वर्ष अवसर गुमाउने चर्चा नचलेको होइन । तर, समितिले औषत आयुमा वृद्धि र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर कानुनमा परिमार्जन गर्ने निर्णय गरेको हो

Advertisement

Advertisement

Advertisement