सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

share_market_manipulation

काठमाडौं । आज साताको पाँचौँ दिन आज बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ७९ अंकले बढेर एक हजार १३५ दशमलव ९५ कायम भयो भने कारोबार रकम पनि घटेर २२ करोड ८३ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार चार करोड २९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार एक करोड ३३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूकको सुचक छ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने म्युचल फण्ड समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै, होटल विकास बैंक, अन्य र माइक्रोफाइनान्स समूहको सुचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचकमा शुन्यभन्दा धेरै प्रतिशतको सुधार आएको देखिन्छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९१ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा ग्लोबल आईएमई सम्मुन्नत स्किमका लगानीकर्ता रहेका छन् । कम्पनी ५.६६ प्रतिशतले घाटामा गएको छ ।