नक्कली भ्याट बिल प्रयोगको आरोपमा पाँच वटा फर्मविरुद्ध मुद्दा, अधिकांश काभ्रेका

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली विजक प्रयोग गरेको भन्दै पाँच वटा व्यापारिक फर्म र पाँच जनाविरुद्ध नौ करोड ३९ लाख ३३ हजार रुपियाँको बिगो, बिगोको दोब्बरसम्म जरिवाना र तीन बर्षसम्म कैद सजायको मागसहित काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा हालेको छ ।

मुद्दा हालिएका फर्म तथा व्यक्तिहरुमा काभ्रेपलान्चोक–११ स्थायी घर ई हाल काठमाडौं–३२ बस्ने एसपी इन्टरप्राइजेज तथा हिमाल कन्ट्रक्शनका सञ्चालक शिवप्रसाद गौतम, पाँचखाल–७ स्थायी घर भई काठमाडौं–३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका सञ्चालक शिवराम न्यौपाने, मण्डेनदेउ–११ स्थायी घर भई काठमाडौं–११ बस्ने न्यू हिमालयन इन्टरप्राइजेजका सञ्चालक लक्ष्मण चौलागाईं, काभ्रेपलान्चोक स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी–९ बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेजका सञ्चालक सुदर्शन चौलागाई र रामेछाप स्थायी भई काठमाडौं–४ बस्ने आर्यन हार्डवयर सप्लायर्सका सञ्चालक देवबहादुर खत्री छन् ।

उनीहरुमध्ये एसपी इन्टरप्राइजेज तथा हिमाल कन्ष्ट्रक्शनले वस्तु तथा सेवा खरिद नै नक्कली भ्याट बिल मात्रै खरिद गरी भ्याट र आयकर चुहावट गरेको विभागको भनाई छ । उक्त फर्मले भ्याट र आयकर गरी तीन करोड ८१ लाख २९ हजार रुपियाँ चुहावट गरेको जनाइएको छ ।

त्यस्तै, वाटरमार्कले सोही कसुर गरी भ्याट तथा आयकरसमेत कुल एक करोड ५९ लाख ९४ हजार रुपियाँ चुहावट गरेको, न्यू हिमालयनले भ्याट र आयकर गरी ६९ लाख ३९ हजार चुहावट गरेको विभागको भनाई छ ।

त्यसैगरी, न्यू युनिभर्सल इन्टरप्राइजेजले आयकर र भ्याट गरी ३० लाख ३२ हजार र आर्जन हार्डवउयरले दुई करोड ९८ लाख ३७ हजार चुहावट गरेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement