भ्याटमा बहुदर कायम गर्न माग, विदेशबाट आउनेलाई धेरै रक्सी ल्याउन नदिन आग्रह

Advertisement

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई भेटी मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क क्षेत्रका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार कुँवरलाई भेटेर आफ्ना समस्या सुनाएका हुन् । भेटमा व्यापारीहरुले भ्याटमा बहुदर कायम गर्न र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने यात्रुलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन पनि आग्रह गरे ।

कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेकोतर्फ उनीहरुले कुँवरको ध्यानाकर्षण गराए । जवाफमा उनले संघले उठाएका जायज मुद्दाहरुलाई सम्बोधन गर्न पहल गरिने बताइ ।

Advertisement

Advertisement

Advertisement