एनएमबि बैंकको नाफा ४७ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । एनएमबि बैंकको नाफा ४७.२७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा बैंकले आफ्नो नाफा २६ करोडले वृद्धि गरेर ८१ करोड पुर्याएको हो । २०७५ असोज मसान्तमा बैंकको त्यस्तो नाफा जम्मा ५१ करोड मात्रै थियो ।

एनएमबिले वितरण योग्य मुनाफा नै ५३ करोड आर्जन गर्न सफल भएको छ । बैंकले असोज मसान्त अवधीमा १ खर्ब २१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७७.२७ प्रतिशत कायम गराएको छ । बैंकले यो अवधीमा ३ अर्ब २४ करोड ब्याज आम्दानी र २ अर्ब १ करोड ब्याज खर्च गरेर खुद ब्याज आम्दानी १ अर्ब २२ करोड गर्न सफल भएको छ ।

११ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.९७ प्रतिशत छ भने कष्ट अफ फण्ड ७.११ प्रतिशत छ । बैंकको आधार ब्याज दर १०.३३ प्रतिशत कायम हुँदा स्प्रेड दर भने ४.१२ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ३२.५१ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १८२.४० रुपैयाँ कायम छ ।

Advertisement

Advertisement

Advertisement