नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८४ करोड

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा ८४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा भने एक अर्ब ५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३७ लाख रुपैयाँ कायम छ ।

बैंकले यो अवधीमा आफ्नो १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७५.६२ प्रतिशत कायम छ । बैंकले ३ अर्ब ८८ करोड ब्याज आम्दानी गरेर २ अर्ब ३५ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी १ अर्ब ५२ करोड कायम गरेको हो । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

बैंकले खराब कर्जा २.८४ प्रतिशत, आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत कायम छ ।  बैंकको प्रति सेयर आम्दानी २६.२५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement