हिमालयन बैंकको नाफामा ६.८५ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६९ करोड ४२ लाख २२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यस बैंकले ६४ करोड ९६ लाख ५८ हजार रुपियाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको भन्दा ६.८५ प्रतिशतले बढी हो ।

बैंकको असोज मसान्तसम्म आइपुग्दा वितरण योग्य नाफा १९ करोड ८८ लाख ४१ हजार रुपियाँ रहेको छ । हिमालयनको खुद ब्याज आम्दानी ०.४६ प्रतिशत र सञ्चालन नाफा ६.९१ प्रतिशतले बढेको छ । कष्ट अफ फन्ड बढेको छ ।

बैंकको निक्षेप संकलन एक खर्ब १५ अर्ब ४८ करोड ३९ लाख २ हजार ५२९ रुपियाँ रहेको छ । बैंकले ९७ अर्ब ७० करोड ६८ लाख १ हजार ६१२ कर्जा लगानी गरेको छ । यो बैंकको क्रमशः १२.७० प्रतिशत र ०.४६ प्रतिशतको वृद्धि हो । बैंकको खराब कर्जा घटेको छ । बैंकको जगेडा कोषमा पाँच अर्ब ७९ करोड ५० लाख ६० हजार ८०२ रुपियाँ रहेको छ ।

बैंकको असोज मसान्तमा आधारदर ८.९३ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपियाँ ८३ पैसा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपियाँ ०२ पैसाबाट ३२ रुपियाँ ५९ पैसामा पुगेको छ । हिमालयन बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

Advertisement

Advertisement

Advertisement