तरकारीको मूल्य तीन गुणा बढ्दा उपभोक्तालाई समस्या

Advertisement

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर उपभोक्तामा देखिन थालेको छ । जसका कारण उपभोक्ता नागरिकलाई महँगीले भान्सा चलाउन समेत हम्मेहम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपियाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ ।

Advertisement

Advertisement

Advertisement