सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सेवा सुरु

,   २९ कार्तिक २०७६, शुक्रबार, ११:४२ am   
Cellpay-Kiosk

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनीमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनीमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुन गैरहेको छ ।

यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्क्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

aecc

सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।