‘पल्सर डेयर भेन्चर सिजन–४’ शनिबारदेखि प्रसारण हुने

Advertisement

काठमाडौं । बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन–४’ रिफ्रेस्ड बाइ स्प्राइट ल्याएको छ । पल्सर डेयर भेन्चर–४ १६ नोभेम्बर अर्थात् शनिबार रातिदेखि एपी वान टेलिभिजनमा प्रसारण हुन लागेको हो ।

पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सीमापार गरी १२ साहसी र निडर राइडरलाई लद्दाख लगिसकेको छ । राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरी असीमित रोमाञ्चक अनुभव बटुलेका छन् । सिमावर्ती बाइकयात्राको अनुभवर मज्जालिनुका साथै विजेताले रु १० लाखनगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

यसक्रममा राइडरहरुले बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै विजेताले दश लाख र नयाँ पल्सर एनएस २०० समेत जितेको छ ।

Advertisement

Advertisement

Advertisement