काठमाडौं । सरकारले धेरै कर तिर्ने उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ८ औं कर दिवस समारोहमा उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।
सबै भन्दा धेरै कर तिरेर सम्मान पाउने करदाताको सूचिमा सूर्य नेपाल परेको छ । ठुलो निर्यातकर्ताका रुपमा डाबर नेपालले सम्मान पाएको छ । जगदम्बा सिमेन्टले चुरोट, मदिरा बाहेकको क्षेत्रबाट धेरै कर तिरेर सम्मान पाएको छ भने अन्नपूर्ण एग्रोले कृषि तर्फको सम्मान पाएको छ । लघुवित्त कम्पनी तर्फ छिमेक लघुवित्तले सम्मान पाउँदा बाणिज्य बैंक तर्फ राष्ट्रिय बाणिज्य बैंकले सम्मान हात पारेको छ ।
बीमा तर्फ नेपाल लाइफले सम्मान पाउँदा स्वास्थ्य तर्फ मणिपाल शिक्षण अस्पताल पुरस्कृत भएको छ । सूचना प्रबिधिका क्षेत्रमा वल्र्ड लिंकले धेरै कर तिरेर सम्मान पाउँदा व्यापार तर्फ अग्नी इन्कर्पाेरेटिडले पुरस्कृत हुने अवसर पाएको छ । पर्यटन तर्फ भने तारा गाउँ रिजेन्सी होटलले धेरै कर तिरेर पुरस्कार जितेको छ ।
मध्यमस्तरिय करदाताका रुपमा कामना सेवा विकास बैंकले सम्मान पाएको छ । व्यक्तिगत तर्फ धेरै आयकर तिर्नेमा सिद्धार्थ समशेर राणाले नै सम्मान पाएका छन् । समयमै विवरण बुझाउने असल करदाताको सम्मान भने घेराही सिमेन्टले जितेको छ । आन्तरिक राजश्व तर्फ धेरै कर तिर्नेमा भीएफ सर्भिस मोरिसस प्रालिले सम्मान पाएको छ ।