घटेन सुनचाँदीको मूल्य, स्थिरता कायमै

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७१ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पनि स्थिर रहेर प्रतितोला ७१ हजार आठ सय रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ५६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ३०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement