ओली योजनाः प्रचण्डलाई पार्टी, इश्वर पोखरेललाई सरकारको जिम्मा

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो मृगौला पुनः प्रत्यारोपण गर्नुपर्ने देखिएपछि पार्टी र सरकार सञ्चालनमा नयाँ योजना अघि सारेका छन् । ओलीले मृगौला प्रत्यारोपण अवधीका लागि अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तयारी गरेका छन भने सरकारको जिम्मेवारी इश्वर पोखरेललाई दिन लागेका हुन् ।

ओलीले पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको भूमिका दिन लागेका हुन् । यस अघि पनि ओली विदेश जाँदा पोखरेल नै कार्यवाहक प्रधानमन्त्री रहँदै आएका थिए । मृगौला प्रत्यारोपणका क्रममा करिब ६ महिना आराम गनुैपर्ने भएपछि ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्री बनाउन लागेका हुन् ।

ओलीले कमजोर कार्य सम्पादन गरेका मन्त्रीहरुलाई समेत हटाउने तयारी थालेका छन् । त्यसका लागि उनले अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि परामर्श गरिरहेका छन् ।

कुन मोडलमा मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने भन्नेबारे उनले यतिबेला छलफल अघि बढाइएको नेकपा श्रोत बताउँछ । ओलीले सबै मन्त्रीहरुलाई राजीनामा गराएर कमजोर कार्य सम्पादन गर्नेहरुको राजीनामा स्वीकृत गराउने योजना बनाएको श्रोत बताउँछ । ओलीले आफ्ना सल्लाहकारहरुको टिममा पनि त्यसै गरेका थिए ।

ओलीले पुर्व गृह तथा रक्षा मन्त्री भिम रावललाई पनि मन्त्री बनाउने आश्वासन दिएको बताइन्छ । त्यस्तै, सुरेन्द्र पाण्डे, पूर्व उद्योग मन्त्री महेश बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाउने सम्भावना रहेको छ । त्यस बाहेक यज्ञराज सुनुवार, बिरोध खतिवडा, कल्याणी खड्का पनि मन्त्री बन्ने रेसका खेलाडी हुन् । पूर्व माओवादीका तर्फबाट भने जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, टोप बहादुर रायमाझी, देवेन्द्र पौडेल, पम्फा भुषाल, टेक बहादुर बस्नेत लगायत छन् ।

Advertisement

Advertisement

Advertisement