सीजी मोटोकर्पले बजारमा ल्यायो मिनी एसयूभी ‘एस प्रेसो’

Advertisement

काठमाडौँ । नेपालका लागि सुजुकी फोर ह्वीलर तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले बहुप्रतिक्षित मिनी एसयूभी ‘एस प्रोसो’ नेपाली बजारमा ल्याएको छ ।

सीजी मोटोकर्पले आइतबार एक समारोहका बीच ‘एस प्रेसो’ नेपाली बजारमा ल्याएको हो । बोल्ड र पावरफुल एसयूभी लुक्सले गर्दा यो योङ एसयूभी अरु भन्दा भिन्न देखिन्छ । हार्टटेक्ट प्लेटफर्मको पाँचौ पुस्तामा निर्माण भएको ‘एस प्रेसो’ मा ४० प्रतिशत स्टिल प्रयोग गरिएको छ । जसले यसको बनोटलाई अझ बलियो र सुरक्षित बनाएको कम्पनीले जनाएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस प्रेसो’ अब नेपालको ३६ वटै सुजुकी रिटेल नेटवर्क मार्फत बिक्री वितरण हुनेछ । सुजुकीले ‘एस प्रेसो’मा वेस्ट इन क्लास फिचरहरु समेत लोड गरेको जनाएको छ ।



नेपाली बजारमा ‘एस प्रेसो’को मूल्य २२ लाख ९९ हजार देखि २५ लाख ४९ हजारसम्म तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement