जीएमई रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता

Advertisement

काठमाडौं । जीएमई रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मितिः२०७६।०७।२७ गते देखि ए वान फरदान एक्सचेञ्ज मार्फत यूएईबाट पठाएको रकम जीएमई रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्क्तानी लिन सकिनेछ ।

हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापान लगाएत खाडि मूलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।सेवा सञ्चालनमा आएको छोटो अवधिमा नै जीएमई नेपालका रेमिट्यान्स कम्पनी मध्ये अग्रस्थानमा उभिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement