विजय र स्वेडा लघुवित्तको एक्विजिशन भाँडियो, कारवाही गर्ने राष्ट्र बैंकको तयारी

Advertisement

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था र स्वेडा लघु वित्त वित्तिय संस्थाको एक्विजिशन प्रक्रिया भाँडिएको छ । स्वाप रेसियोमा कुरा नमिलेपछि एक्विजिशिन प्रक्रिया रोकिएको हो । विजय लघुवित्तले सार्वजनिक सूचना प्रकाशित गरेर एक्विजिशन प्रक्रियाबाट अलग्गिएको स्पष्ट पारेको छ ।

‘स्वाप रेसियोमा कुरा नमिलेपछि हामीले प्रक्रिया रद्ध गरेका छौं, अब अर्काे उपयुक्त कम्पनी खोजेर नयाँ प्रक्रिया थाल्छौं’, विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले भने ।

कारवाही गर्छाैः राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले एक्विजिशन प्रक्रिया तोड्ने दुबै संस्थालाई कारावही गर्ने बताए । ‘यस अघि मर्जर।एक्विजिशन तोड्ने प्राइम र ओमलाई पनि कारवाही गरेका थियौं, विजय र स्वेडालाई पनि कारवाही हुन्छ’, नियमन विभाग प्रमुख ढकालले कर्पाेरेट नेपालसँग भने ।

ढकालका अनुसार अब विजय र स्वेडा लघुवित्तलाई निश्चित समय तोकेर अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशनमा जान निर्देशन दिइनेछ । त्यसका अलवा कुनै प्रकृतिको कारोबारमा समेत रोक लगाउने उनले बताए ।

Advertisement

Advertisement

Advertisement